पनौती । समृद्ध पनौती बनाउन पनौती नगरपालिकामा पर्ने लीलावती खोलमा ५० हजार माछाका भुरा छोडिएको छ । पनौती नगरपालिका वडा न १, २ र ३ नम्बरमा विहिबार पनौती नगरपालिका प्रमुख भीम न्यौपाने, उपप्रमुख गीता बञ्जारा र वडाध्यक्ष गुणनाथ सापकोटालगायतले संयुक्तरूपमा लीलवती खोलामा ५० हजार माछाका भुरा छोडेका हुन ।
खोलामा राहु,असला र नैनी प्रजातीका माछा छोडिएको हो । विगतमा आफूहरुले लीलवाती खोलामा माछा मारेको स्मरण गर्दै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले खोलाको सुन्दरता जोगाउन आग्रह गरे । उनले भने पर्यापर्यटनका लागि पनि खोलाको संरक्षणमा जोड दिनुपर्छ । करेन्ट र विषादी प्रयोगले परम्परागत र स्थानीय जातका माछा लोप हुने खतरा बढेको बताउदै नगरप्रमुख न्यौपानेले पर्यावरण र जैविक विविधताको संरक्षण गर्न नगरपालिका यस्ता गतिविधिलाई प्राथमिकता दिने जानकारी दिए ।
खोलमा छोएिका माछाको रेखदेख गर्न कुनै कसुर बाकी नराख्ने बताउदै पनौती नगरपालिका कृषि शाखा प्रमुख मणिप्रसाद सापकोटाले एक बर्षसम्म खोलामा माछा मार्न नपाईने जानकारी दिए । उनले स्थानीयले टोल कमिटी बनाएर निश्चित समयमा मात्र माछा मार्न पाउने गरि नियम बनाउन नगरपालिका लागिपरेको बताए । खोलामा अध्ययन गरी ल्याइएको तीन जातका माछाको भुरा छाडिएको सापकोटाले जानकारी दिए ।
उक्त खोलामा फोहर फाल्न, वडा कार्यालयको सिफारिसबिना ढुङ्गा तथा गिट्टी निकाल्नसमेत निषेध गरिएको बताउदै फिङ्गर साइज’मा छाडिएको माछा कसैले मारेमा कानुनी कारबाहीको भागिदार हुने बताए । राहु, नैनी र असला जातको माछाको भुरा छाडिएको खोलामा स्थानीले आफ्नै सम्पती सम्झेर संरक्षण गर्न सापकाटाले अनुरोध समेत गरे ।
आफ्नो वडा समृद्धिको सुचक माछाको भुरा हुने पनौती नपा १ का अध्यक्ष गुणनाथ सापकोटाले बताए । उनले यस्ता गतिविधिले समग्र पनौती नगरपालिका समृद्ध हुने तर्क गरे । भिडियाे हेराैं ……..
