भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

परीक्षा पूर्व प्रश्नपत्र बाहिर ल्याउने १० पक्राउ

परीक्षा पूर्व प्रश्नपत्र बाहिर ल्याउने १० पक्राउ

मोरङ । पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनीयरिङ सङ्कायतर्फको परीक्षा पूर्व प्रश्नपत्र निष्कासन गरेको आरोपमा कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएको वैशाख ३ गते विश्वविद्यालयको मोरङको गोठगाउँमा हुन लागेको इन्जिनीयरिङ सङ्काय तर्फको बिई दोस्रो सेमिस्टरको भौतिकशास्त्र विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व निष्कासन गरेको आरोपमा विराटनगर महानगरपालिका–८ का ४४ वर्षीय कोमलप्रसाद गौतम र सङ्खुवासभा मादी नगरपालिका–६ का ३५ वर्षीय गोपाल कार्की पक्राउ परेका छन् ।

यसैगरी, पक्राउ पर्ने अन्यहरूमा रुपन्देही तिलोचन नगरपालिका–१२ का ३० वर्षीय विजय पोखरेल, गोर्खा भीमसेन थापा गाउँपालिका–१ बस्ने ३२ वर्षीय मीनप्रसाद भट्ट, गोर्खा गण्डागी गाउँपालिका–३ बस्ने ३१ वर्षीय भरत पठन, गोर्खा जिल्ला गोर्खा नगरपालिका–४ बस्ने २६ वर्षीय विकास खड्का र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ बस्ने २८ वर्षीय निर्मल खड्का छन् । पक्राउ पर्नेहरूमा महोत्तरी रामगोपालपुर नगरपालिका–९ बस्ने २९ वर्षीय नानिपथ मण्डल, सप्तरी वोदेवरसाइन नगरपालिका–७ बस्ने २९ वर्षीय जीवनकुमार यादव र सप्तरी अग्निसायर कृष्णसवरण गाउँपालिका–५ घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादव छन् ।

पूर्वाञ्चल विश्वविद्यालयबाट प्रश्नपत्र परीक्षा पूर्व निष्कासन भएको सम्बन्धमा आवश्यक अनुसन्धानका लागि अनुरोध आएकामा टोली गठन भई गहन अनुसन्धानका क्रममा विद्यालयका फोटो कपी गर्ने कर्मचारीले सामाजिक सञ्जालको प्रयोग गरी प्रश्न पत्र बाहिर ल्याएको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले बताउनुभयो । आरोपितहरूलाई शिक्षा ऐन २०२८ बमोजिम थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.