भर्खरै : Sorry, your browser does not support inline SVG.

पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै पनौती नगरपालिका वडा नं २ को नागीडाँडा भ्यूटावर

पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै पनौती नगरपालिका वडा नं २ को नागीडाँडा भ्यूटावर

काभ्रे । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं २ स्थित नागीडाँडा २१ सय मिटर भन्दा बढिको उचाइमा अवस्थित छ । यहाँबाट नेपालमा भएका अधिकांश हिमश्रृखलाहरु देखिन्छन् । काभ्रेको पनौती नगरपालिकाका हरिया फाटहरु एककटले यही नागीडाँडाबाट नियाल्न सकिन्छ । पछिल्लो समय नागीडाँडाको परिचय फेरिन थालेको छ । यहाँ निर्माण भइरहेको नागीडाँडा भ्यूटावरले नागिडाँडा मात्रै होइन समग्र पनौती नगरपालिकाको परिचयमा समेत नयाँ इट्टा थपिदिएको छ ।पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै पनौती नगरपालिका वडा नं २ को नागीडाँडा भ्यूटावर

अबको तीन महिना भित्र सञ्चालनमा आउँने नागीडाँडा भ्यूटावर भ्यूटावर मात्रै नभई भ्यू रिसोर्टको रुपमा निर्माण भइरहेको पनौती नगरपालिका वडा नं २ का वडा अध्यक्ष पुरुषोक्तम अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नु भयो “नागीडाँडामा भ्यूटावर मात्रै होइन सुविधा सम्पन्न भ्यू रिसोर्ट विकास भइरहेको छ । जुन स्थान पर्यटकहरुका लागि आकर्षक बन्न सक्छ । यहाँ फुल्चोकी, गोदावरी, धुलिखेलबाट ट्रेकिङ गर्न सकिन्छ ।” नागीडाँडामा पुग्न पर्यटहरुका लागि हाकिङ रुटहरु समेत निर्माण भइरहेको वडा अध्यक्ष अधिकारीले बताउँनुभयो ।पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै पनौती नगरपालिका वडा नं २ को नागीडाँडा भ्यूटावर

नागीडाँडाबाट चारैतिरका हिमालहरु मुस्कुराइ रहेको देखिन्छ । यहाँबाट पूर्वमा कञ्चनजंघा देखि पश्चिममा धौलागिरिसम्मका हिमाली फेटाहरुलाई एकै ठाउँबाट नियाल्न सकिन्छ । विहानी सूर्योदय र साँझको सूर्यअस्तलाई महशुस गर्न सकिन्छ । दक्षिणमा रहेको महाभारत पर्वतका हरिया फाँटहरु, उत्तरमा रहेका हिमाली पगरी हेर्दै फुल्चोकी र पनौतीको इतिहासलाई स्मरण गर्न सकिने वडा अध्यक्ष अधिकारीको भनाई छ ।पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै पनौती नगरपालिका वडा नं २ को नागीडाँडा भ्यूटावर

मञ्जुश्रीले काठमाडौंमा बस्ती बसाउँनु भन्दा पहिले पनौतीमा बस्ती बसी सकेको र इन्द्रेश्वर महादेवको स्थापना भइसको वडा अध्यक्ष अधिकारीको कथन छ । नागीमा सुविधा सम्पन्न भ्यूटावर निर्माण मात्रै नगरी रक क्लाइमबिङ वाल निर्माण,फुलचोकी देखि नागीडाँडासम्म डाउनहिल साइकल ट्रेल निर्माण गरि प्रतियोगिता समेत सञ्चालन गरि सकेको वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

सुविधा सम्पन्न नागीडाँडा भ्यूटावर रिसोर्टमा पिकनिक स्पोर्टदेखि विभिन्न किसिमका अन्य भौतिक संरचना समेत निर्माण हुने बताउँदै भ्यूटावर रिसोर्टको भित्रि साज सजावट मात्रै निर्माण गर्न बाँकी रहेकाले तीन महिना भित्र सञ्चालनमा ल्याइ सक्ने अध्यक्ष अधिकारीले बताउँनुभयो । नागीडाँडा भ्यूटावर रिसोर्टमा आउँने पाहुनाहरु फुलचोकी, गोदावरी हुँदै काठमाडौंका विभिन्न स्थानमा हाइकिङ जान सक्ने छन् ।

यहाँबाट महाभारत ट्रेलमा हाइकिङ गर्न सकिने छ । त्यतिमात्रै होइन ऐतिहासिक गुप्तेश्वर गुफामा समेत जान सकिने छ । वर्ड वाचिङका लागि समेत प्रसिद्ध स्थान भएकाले धेरै प्रकारका चराहरुलाई समेत नियाल्न सकिने छ । नागीडाँडामा सञ्चालनमा आउन लागेको नागीडाँडा भ्यूटावारलाई अन्तिम रुपदिन नागीडाँडा पुगेका वस्टर्न क्वालिटी आइरन विल्डर्स एण्ड सप्लायर्सका प्रतिनिधि सरोज अधिकारीले यहाँको प्रकृतिलाई नियाल्न एकपटक नागीडाँडामा आउनु अनुरोध गर्नुभयो ।पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै पनौती नगरपालिका वडा नं २ को नागीडाँडा भ्यूटावर

वस्टर्न क्वालिटी आइरन विल्डर्स एण्ड सप्लायर्सका अर्का प्रतिनिधि ऋके लामाले रमणीय स्थानमा सञ्चालन हुन लागेको नागीडाँडा भ्यूटावर रिर्सोटको निर्माण सम्पन्न गर्ने अनुमति आफ्नो कम्पनीले प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै उपत्यका नजिकैको स्थानलाई सबैले माया गरिदिन आग्रह गुर्नभयो ।

केही दिन भित्रै नागीडाँडाबाट सञ्चालन हुन लागेको प्यारागलाइडिङका स्वलो पाइलट ध्रुव सापकोटाले पनौती नगरकापालिका वडा नं २ साहसी खेलको हव भएको बताउँदै प्यारागलाइडिङको सम्भावना धेरै रहेको बताउनुभयो । उहाँले नागीबाट उडान झर्न समेत सहज भएको जानकारी दिनुभयो ।

पनौती नगरपालिका वडा नं २ नागीडाँडामा निर्माण भइरहेको भ्युटावर सञ्चालनमा आयो भने पर्यटकहरुको आकर्षणको केन्द्र बन्नेमा दुईमत छैन । यहाँबाट देखिने दृश्यले पर्यटकहरुलाई यहाँ आउँन बाध्य बनाइरहने स्थानीयको कथन रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.