पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको सम्मेलन ५ गतेदेखि

पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको सम्मेलन ५ गतेदेखि

काठमाडौं । इन्टरनेशनल फेडेरेशन अफ एशियन एन्ड वेस्टर्न प्यासिफिक कन्ट्याक्टरको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि हुने भएको छ ।

एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का (इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर) को सम्मेलन हुने भएको हो ।

शुक्रवार पत्रकार सम्मेलन गरी यसबारे नेपाल निर्माण व्यवसायी महासंघले जानकारी गराएको हो । ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन पार्टनरिङ इन सस्टेनेबल इन्फास्ट्रक्चर भन्ने रहेको महासचिव रोशन दाहालले बताए ।

सम्मेलनको औपचारिक उद्घाटन मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने बताए । स्वदेशका १ सय ५८ र विदेशका २ सय ४२ गरी ४ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।

सम्मेलबाटै इफाप्का अध्यक्षको कार्यभार अध्यक्ष रवि सिंहले सिंगापुरलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.