भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

पहिरामा परी चारको मृत्यु

पहिरामा परी चारको मृत्यु

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकामा पहिरामा परी चारजनाको मृत्यु भएको छ ।घरमाथि बाट पहिरा खसेर घर पुरिँदा खप्तडछान्ना गाउँपालिकाको माझीगाउँ र कालुखेतीका दुई÷दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा नं ४ माझीगाउँका अन्दाजी ४५ वर्षीय धर्मराज रोकाया र ४१ वर्षीया उनकी श्रीमती रहेका छन् । त्यस्तै वडा नं ५ कालुखेतीका अन्दाजी ४७ वर्षीय विरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरीको पनि पहिरामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।पहिराले घर भत्काएपछि च्यापिएर मृत्यु भएको खबर आएको र छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.