भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

पहिराले राजमार्ग अवरुद्ध

पहिराले राजमार्ग अवरुद्ध

डोटी । गएरातिदेखिको लगातारको वर्षातका कारण जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया दिपायल जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण बिहान ६ः०० बजेदेखि राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ ।

पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीयवासी सोपानसिंह ओलीले जानकारी दिनुभयो । जिल्लामा गएरातिदेखि लगातार वर्षात भइरहेको छ भने ठाउँ ठाउँमा पहिरो आएर सडक अवरुद्ध भएको बताइएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.