भर्खरै : Sorry, your browser does not support inline SVG.
नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो |

पहिराले स्काभेटर पुरिँदा एकको मृत्यु

पहिराले स्काभेटर पुरिँदा एकको मृत्यु

पाल्पा । तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गए राति पहिराले एस्काभेटर पुरिँदा एक व्यक्तिको मृत्यु भएको छ । पहिराले पुरिएर मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ घर भई हाल डुम्रेमा बसोबास गर्ने २७ वर्षीय महेन्द्र पुन रहेका छन् । पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । हिलोमा फसेको लु ४ त ६६२९ नंको ट्र्याक्टर निकाल्ने क्रममा माथिबाट पहिरो खस्दा ट्र्याक्टर र दुई एस्काभेटर पुरिएका थिए ।

पहिराले पुरिएर लु१क २४९६ नंका एस्काभेटर चालक पाल्पा रैनादेवी–छहरा गापा–१ बस्ने २० वर्षीय सरोज बुढा घाइते भएको सूचना अधिकारी त्वातीले बताए । बुढाको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै अर्को लु१क २४९७ नंको एस्काभेटर चालक र सहचालक पहिराबाट जोगिएका छन् । तिनाउँ गापा–६ डुम्रेस्थित भित्र कच्ची सडकखण्डमा डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको ट्र्याक्टर हिलोमा फसेपछि दुई एस्काभेटरले निकाल्न खोज्दा पहिराले पुरिएको सूचना अधिकारी त्वातीले बताए ।

 


Thali Mobile Pvt.Ltd.