भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

पहिरोले सुर्खेत–जुम्ला सडक अवरुद्ध, यात्रुहरू अलपत्र

पहिरोले सुर्खेत–जुम्ला सडक अवरुद्ध, यात्रुहरू अलपत्र

काठमाडौँ, १६ असार । लगातारको वर्षासँगै आएको पहिरोका कारण सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ। कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोला र खाँडाचक्र नगरपालिका–१ को जिरो प्वाइन्ट नजिक पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो।

स्थानीय प्रशासनका अनुसार पहिरोका कारण दुवैतर्फ सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्, जसले यात्रुहरूलाई ठूलो असहजता भएको छ। केही यात्रुहरू रातभर सडकमै अलपत्र परेका छन्।

कालीकोट प्रहरीले जानकारी दिएको अनुसार, पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ। डोजरको प्रयोग गरेर माटो र ढुंगा हटाउने काम तीव्र पारिएको बताइएको छ। यद्यपि निरन्तर पानी परिरहेकोले काममा अवरोध भइरहेको छ।

प्रहरी र स्थानीय प्रशासनले यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न र अत्यावश्यक नपरेसम्म उक्त खण्ड प्रयोग नगर्न आग्रह गरेका छन्। मौसम अझै केही दिनसम्म अस्थिर रहने जल तथा मौसम विज्ञान विभागको अनुमान रहेको छ।

यस सडक अवरुद्ध हुँदा सुर्खेत, जुम्ला, कालीकोट, डोल्पा र मुगु जिल्लासँगको यातायात सम्पर्क प्रभावित भएको छ।

 


Thali Mobile Pvt.Ltd.