पानीको प्राकृतिक स्रोत खोजी गर्न आह्वान (भिडियो सहित)

पानीको प्राकृतिक स्रोत खोजी गर्न आह्वान (भिडियो सहित)

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ मा अवस्थित कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिका अध्यक्ष श्रीकृष्ण बासुले खानेपानीका लागि प्राकृतिक स्रोतको खोजी गर्न सम्बन्धीत निकायलाई आह्वान गरेका छन् । जमिन मूनीको पानीको स्रोत विस्तारै सुक्दै जाने भएकाले प्राकृतिक रुपमा नै खानेपानीको समस्या समाधान गर्न सम्बन्धीत निकायले ध्यान दिनुपर्ने अध्यक्ष बासुले बताएका हुन ।

उनले कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको आफू अध्यक्ष भएपछि उपभोक्ताको दैलोमा पुगे सेवा गरेको बताउदै खानेपनीका समस्या समाधान गर्न आफूले घरको धारामै पुगेरै समस्या समाधान गरेको बताए । अध्यक्ष बासूले कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समिति मार्फत २६ सय भन्दा बढी घरधुरीमा धारा वितरण भइसकेको बताए ।

कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिमा उपभोक्तालदाई स्वच्छ खानेपानी सेवा दिन २०७३ सालमा आफू अध्यक्षमा निर्वाचित भएदेखिनै निरन्तर लागि पेरको प्रतिक्रिया दिदै उपभोक्ताको गुनासो नै आफ्नो मागदर्शन ठानेकाले आफू सफल भएको बताए । आफू निर्वाचित हुँदा १९ सय घर घुरीलाई मात्रै खानेपानी वितरण गरिएको भएपनि नयाँ ७ सय धारा वितरण गरिएको जानकारी दिदै सात÷आठ सय धाराको माग समेत बढि बढेको बताए ।

कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिले दैनिक विहान १५ लाख लिटर र साझ १५ लाख लिटर पानी वितरण गरिरहेको बताउँदै अध्यक्ष बासुले बढ्दो जनसंख्या बृद्धिसंगै मेलच्चिको पानी समेत थप गर्न पहल भइरहेको जानकारी दिए । उनले भने “पानीको स्रोत जुटे एक घर एक धाराको अवधारणालाई अघि बढाउने छौं”।
आफू अध्यक्ष मात्रै नभई हेड पलम्बरका हिसाबले पनि उपभोक्ताको घरदैलोमा पुगेर कार्य सम्पादन गरिरहेको बतादै उनले उपभोक्ताको गुनासो नै आफ्नो मार्गदर्शनका रुपलिएको प्रतिक्रिया दिए ।

कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिका कार्यालय प्रमुख रञ्जन ढुंगेलले विगतमा काकाकुल रहेको कटुञ्जे अहिले विस्तारै सफल भइरहेको बताउँदै २६ सय ८० घर धुरीले खानेपानी पाइरहेको जानकारी दिए । उनले संस्थापक अध्यक्ष स्व. रामेश्वर ढुंगेल, अध्यक्ष निशान ढुंगेल र अध्यक्ष श्रीकृष्ण बासुलगायत तीन जनाले अहिलेसम्म कार्यसम्पादन गरेको जानकारी दिदै स्वगीय रामेश्वर ढुंगेललाई पानी पिताको रुपमा समेत लिने गरेको बताए ।

कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको विधान संशोधन गरिसकेकाले संशोधित विधान अनुसार साधारण सभा र निर्वाचमा जाने प्रक्रियामा समिति अघि बढिरहेको बताउँदै ६ वटा डिपबोरिङ रहेकाले समानुपातिक ढंगबाट पानी वितरण गर्ने प्रक्रिायामा रहेको बताए ।

कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिका सदस्य राजेश तजले यस समितिले यहाँका उपभोक्तालाई लामो समयदेखि सेवा गरिरहेको बताए । उनले अग्रजहरुले नमुना बनाएको उपभोक्ता समितिलाई तीन सय धाराबाट २६ सय धारा वितरण गर्नु पनि निकै उपलब्धि भएको प्रतिक्रिया दिए । उपभोक्ता समितिमा पार्टीगत भन्दा पनि योगदानको आधारमा संस्थापक अध्यक्ष स्वर्गीय रामेश्वर ढुंगेलको शालीक समेत निर्माण गरेको बताउँदै उपभोक्ता समितिलाई राजनीतिकरण गर्न नहुने उनले तर्क गरे ।

मन्दिर, खानेपानी लगायतका संस्थाहरुमा राजनीतिककरण गरेर निर्वाचन भन्दा पनि सहमति गरेरै कार्यसम्पादन गर्नुपर्ने बताए । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको निर्वाचन नेपाल बार भक्तपुर जिल्लाको निर्वाचनले पछिसरेको बताउँदै नयाँ कार्यसमिति पहिलेको भन्दा अझै अब्बल भएर काम गर्ने र नियत सफा भएको नेतृत्व आउनु पर्ने आफूहरुको मान्यता रहेको सदस्य तजले तर्क गरे । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्……..

 


Thali Mobile Pvt.Ltd.