भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाल्पामा जिप दुर्घटना एकजनाको मृत्यु, दुई घाइते

पाल्पामा जिप दुर्घटना एकजनाको मृत्यु, दुई घाइते

रामपुर । पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु१च ७७८० नंको जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका–३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा निस्दी गाउँपालिका–४ का चालक २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका–३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छ । श्रेष्ठको अवस्था गम्भीर छ भने खाम्चाको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप सडकमा अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.