भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

पाल्पामा महिला मतदाता बढी

पाल्पामा महिला मतदाता बढी

रामपुर । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । जिल्लामा पुरुषको तुलनामा छ हजार ३३० महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।यहाँ एक लाख तीन हजार १० महिला मतदाता रहेका छन् भने ९६ हजार ६८० पुरुष मतदाता छन् । जिल्लाको १० पालिकामध्ये तिनाउ गाउँपालिकाबाहेक अन्य पालिकामा महिलाको मतदाता सङ्ख्या बढिरहेको पाइएको छ । तिनाउमा पुरुष सात हजार २४५ र महिला सात हजार १४१ छन् भने अन्य पालिकामा महिला मतदाता बढी छन् । तानसेन नगरपालिकामा एक हजार ७१३, रामपुर नगरपालिकामा एक हजार ५४३, बगनासकाली गाउँपालिकामा ८२९, रम्भामा ६८७, पूर्वखोलामा ६४०, माथागढीमा ३८७, रिब्दीकोटमा ३७३, रैनादेवी छहरामा १६७, तिनाउमा १०४ र निस्दीमा ९३ महिला मतदाता बढिरहेका छन् ।

सबैभन्दा धेरै मतदाता तानसेन नगरपालिका र थोरै पूर्वखोला गाउँपालिका रहेको छ । निर्वाचन कार्यालयद्वारा प्रकाशित नामावलीमा तानसेनमा ३३ हजार ७६९ र पूर्वखोलामा १३ हजार ६९८ मतदाता छन् । सबैभन्दा कम मतदाता तिनाउ गाउँपालिका–६ स्थित पाटन आधारभूत विद्यालय मतदान केन्द्रमा १८१ मतदाता रहेका छन् ।जिल्लामा कूल ११८ मतदानस्थल र २४७ मतदान केन्द्र कायम छन् । दश पालिकामध्ये मतदानस्थल र केन्द्र सदरमुकाम तानसेनमा बढी छन् । यहाँ २२ मतदानस्थल र ४४ केन्द्र छन् भने सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा नौ मतदानस्थल र १७ केन्द्र रहेको छ । भयरहित वातावरणमा सबै मतादाता निर्वाचनमा सहभागी हुन पाउने व्यवस्थाका लागि जिल्लास्थित सुरक्षा निकायले पनि आन्तरिक रणनीतिक योजना तयारी गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.