भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पीएम कप क्रिकेट स् सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

पीएम कप क्रिकेट स् सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

बैतडी । प्रधानमन्त्री कप पीएम एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । बुधबार नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक खेल तालिकाअनुसार पुरुषको मङ्सिर २७ देखि र महिलाको छनोट प्रतियोगिता पुुस ४ गतेदेखि छनोट शुरु हुनेछ । नेपाल क्रिकेट सङ्घका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले पुरुषको छनोट प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगर र महिलाको कैलालीको धनगढीमा सञ्चालन हुने जानकारी दिनुभयो ।  छनोटमा पुरुषतर्फ प्रदेशका आठ टोली तथा महिलातर्फ छ टोली सहभागी हुनेछन् ।

मङ्सिर २७ गते हुुने पुरुषको छनोटको पहिलो खेलमा अछाम र डोटी भिड्ने जनाइएको छ । यस्तै पुस ४ गते हुुने महिलाको छनोटको पहिलो खेलमा कैलाली र डोटी भिड्ने बताइएको छ । उक्त छनोटबाट अगामी पुस दोस्रो सातादेखि सञ्चालन हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि सुुदूरपश्चिमको टोली छनोट हुनेछ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुँदैछ । महिलातर्फका खेल दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौँमा हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ । प्रधानमन्त्री कपमा तीन विभागीयसहित १० टिमको सहभागिता हुनेछ । रासस

 


Thali Mobile Pvt.Ltd.