पुल उद्घाटन गर्न हिडेका काँग्रेस नेता पाैडेल प्रहरीको खोरमा भेटिएपछि…

पुल उद्घाटन गर्न हिडेका काँग्रेस नेता पाैडेल प्रहरीको खोरमा भेटिएपछि…

पोखरा । तत्कालीन जिल्ला विकास समितिको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत बुल्दीखोलामा पुल निर्माणको काम सुरु भयो ।

दुई करोड ५४ लाख रुपैयाँ लागतमा २०७५ कात्तिकमा पुल बनेपछि स्थानीयलाई आउ–जाउ गर्न सहज भयो तर उद्घाटन भएको थिएन । बनेको दुई वर्षपछि त्यो पुल विवादको विषय बन्न गयो । पुल उद्घाटन गर्न हिडेका नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल त्यहि पुलका कारण प्रहरीको खोर सम्म पुग्न प¥यो ।

बजारमा टायर देखि अश्रुग्यास प्रहार गर्न प्रहरी बाध्य भयो । विरोधको नाममा विरोध भएपछि स्थिति सामान्य नहुँदा सम्मका लागि ब्यास नगरपालिकामा निषेधाज्ञा समेत जारी गरियो । भिड अझै आक्रोषित बनेपछि बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परे ।संघीय सरकारको समन्वयबिना पुल उद्घाटन कार्यक्रम राखिएको भन्दै नेकपाका प्रतिनिधिसभा सदस्य सांसद कृष्णकुमार श्रेष्ठले जसरी पनि कार्यक्रम रोक्न सिडिओलाई निर्देन दिए।

तर ब्यास नगरपालिकाले नेता पौडेलको प्रमुख आतिथ्यतामा पुल उद्घाटन गर्यो । पूर्वाधार विकास कार्यालय र संघीय मन्त्रालयसँग समन्वय नगरी व्यास नगरपालिका र उपभोक्ता समितिले कार्यक्रम तय गरेको भन्दै युवाहरु सडकमै उत्रिए। दुबै पक्षबीच झडपकै अवस्था सिर्जना भएपछि पौडेलको गिरफतार र प्रशासनले निषेधाज्ञा जारी गर्‍यो । साँझ पख पौडेललाई छोडेको थियो भने अहिले नेपाली काँग्रेस सरकार प्रति रुष्ट भएको छ ।

 


Thali Mobile Pvt.Ltd.