भर्खरै : Sorry, your browser does not support inline SVG.

पुस १७ गते राष्ट्रिय सभा अधिवेशन आह्वान

पुस १७ गते राष्ट्रिय सभा अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।

नेपालको स‌ंविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रिय सभा अधिवेशन आह्यवान गरेको आइतबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन् ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.