भर्खरै : Sorry, your browser does not support inline SVG.
२४ घण्टामा १ हजार ९९४ चालक कारबाहीमा, ट्राफिक नियम उल्लंघन तीव्र | लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ | पश्चिम नेपालमा वर्षा जारी रहने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना | अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा | दुई सुरुङमार्ग अन्तिम चरणमा स् थप सुरुङमार्ग बजेटको उच्च प्राथमिकतामा | ५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट, उपभोक्तालाई थप आर्थिक भार पर्ने चिन्ता | रेड नोटिसमा खोजिएकी टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो | विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा |

पृथ्वीनारायण शाहको विचारलाई आत्मसात् गरौंः राष्ट्रपति भण्डारी

पृथ्वीनारायण शाहको विचारलाई आत्मसात् गरौंः राष्ट्रपति भण्डारी

काठमाडौं । वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन्।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै पृथ्वीनारायण शाहको विचारलाई आत्मसात् गर्दै अघि बढ्न सन्देश दिएकी छन्।

देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहेको राष्ट्रपतिको भनाइ छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अङ्कित रहेको राष्ट्रपतिले स्मरण गरेकी छन् ।

सन्देशमा भनेकी छन्, ‘नेपाल एकीकरणको अभीष्ट मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोत तथा सम्पदाको उपयोग गरी आत्मनिर्भर, स्वाधीन र स्वावलम्बी अर्थन्तन्त्रसहितको सबल राष्ट्र निर्माण गर्नु नै थियो ।’

महत्वपूर्ण राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धि हासिल गर्नुपर्ने वर्तमान चरणमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहका दूरदर्शी विचारलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुग्न जाने राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.