भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह | भोटेकोशी बाढीको भयावह विवरण : ७३४ शव फेला, २ हजार ४८९ जना अझै बेपत्ता |

पेट्रोलियम पदार्थको मूल्य फेरि पनि वृद्धि

पेट्रोलियम पदार्थको मूल्य  फेरि पनि वृद्धि

काठमाण्डौ । सरकारले खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य गरेको छ । नेपाल आयल मंगलबारदेखि लागू हुनेगरी खाना पकाउने एलपी ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बृद्धि गरेको हो । नयाँ मूल्यसूची अनुसार प्रतिसिलिन्डर ग्यासमा २५ रुपैयाँ बढेर १४ सय २५ रुपैयाँ पुगेको छ भने पेट्रोलमा दुई रुपैयाँ बढेर १ सय २९ रुपैयाँ, डिजेल र मट्टितेलमा दुई–दुई रुपैयाँ वृद्धि गरेर १ सय १२ रुपैयाँ कायम भएको छ ।

निगमले ग्यासको मूल्यमा प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको हो । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ अमेरिकी डलरले बढेर ७ सय ५४ कायम गरेको छ भने अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नेपालमा पनि बढेको निगमले जनाएको छ । निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ बढाएर ८४ रुपैयाँ पुर्याएको छ ।

 


Thali Mobile Pvt.Ltd.