काठमाडौं । प्रचण्ड– माधव समूहले प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ ।
आज पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट शंकर पोखरेललाई हटाएको हो । अब गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकिएका छन् ।
प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–माधव पक्ष कै नेता इन्चार्ज छन् । यता ओली पक्षले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिएको जनाएको छ ।
