भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पोषण राहत कार्यक्रमको सुरुआत

पोषण राहत कार्यक्रमको सुरुआत

पाल्पा । तानसेन नगरपालिकाले कोभिड–१९ महामारीमा बालबालिकामा देखिएको खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम शुरुआत गरेको छ । विभिन्न संस्थाको साझेदारीमा चौधरी फान्डेसशनद्वारा प्रवद्र्धित बलियो नेपाल, पोषण अभियानको सहयोगमा नगरपालिकाले बालबालिकालाई पोषण राहत कार्यक्रम ल्याएको हो । नगरपालिकाले प्रतिबालबालिका एक किलो मालदोजीङ्ग र २० प्याकेट लिटो वितरण गर्न लागेको हो । यो पोषणले बालबालिकाका निम्ति दुई महिनाको पोषणको माग पूरा गर्ने बलियो नेपालले जनाएको छ ।

नगरपालिकाभित्रका कोभिड–१९ महामारीका कारण छदेखि २३ महिनाका ८९९ बालबालिकालाई सुरक्षित राख्न पोषण राहत प्रदान गरिने भएको हो । कोभिड–१९ को महामारीले धेरै मानिस रोजगारी गुमेसँग जीविकोपार्जनमा समस्या देखिएको छ । आर्थिकरुपमा कमजोर परिवारका बालबालिका त्यसको ठूलो मारमा छन् । त्यस्ता परिवारका बालबालिका पोषिलो खानाका प्रकार खानबाट वञ्चित छन् ।

सो नगरपालिकाले त्यस्ता बालबालिकालाई लक्षित खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम सुरुआत गरेको हो । बलियो नेपालका कार्यक्रम व्यवस्थापक अभिषेक खड्काले लुम्बिनी प्रदेशका रुपन्देहीको देवदह नगरपालिका, नवलपरासीको सुनवल नगरपालिका र पालीनन्दन गाउँपालिका, प्युठानको औरावती र गौमुखी गाउँपालिका, पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गा नगरपालिका गरी स्थानीय तहका १० हजार बालबालिकालाई पोषण राहत कार्यक्रममार्फत सहयोग गरिएको बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.