प्रचण्ड–माधव पक्षको घनिभूत बैठक बस्दै, संवैधानिक इजलासमा आज पनि सुनुवाइ

प्रचण्ड–माधव पक्षको घनिभूत बैठक बस्दै, संवैधानिक इजलासमा आज पनि सुनुवाइ

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षको घनिभूतरुपमा स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक केहिबेरमा बस्दै छ ।

संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको यो पक्षको बैठकमा विभिन्न विषयमा छलफल गरिने बताइएको छ । यता संसद विघटनका विरुद्धमा परेको रिटको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा विवाद कायमै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा १२ वटा रिट परेका थिए । रिटहरु एकल इजलासमा प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासमा पठाइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.