प्रचण्ड–माधवको गर्जन,’सूर्य चिह्न केपीलाई नदिइयोस्’

प्रचण्ड–माधवको गर्जन,’सूर्य चिह्न केपीलाई नदिइयोस्’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव पक्षले आधिकारिक नेकपाको दावी गर्दै निर्वाचन आयोगलाई झस्काएका छन् । पुस १७ गते आयोगले वैधानिकता दावी गर्न पत्र पठाएपछि यो पक्षले जवाफमा दावी प्रमाण दिएको हो ।

पुस १० गते पेश भएको दर्ता नम्बर ५५५० कागजात नै पर्याप्त भएको भन्दै दलसम्बन्धी ऐन–२०७३ को दफा ५१, नियमावली–२०७४ को नियम २५ र अनुसूची १८ ले तोकेको ढाँचामै आवश्यक कागजात बुझाएको उल्लेख गरेको छ । केपी शर्मा ओलीलाई दलको विधान बमोजिम अनुशासनको कार्बाही गरी अध्यक्षबाट हटाएको जानकारी समेत दिएको दावी गरेको छ ।

नेकपाको वैधानिकताबारे आयोगमा बुझाएको कागजातमा उल्लेख भएको ४४१ केन्द्रीय सदस्यमध्ये २८७ जनाको हस्ताक्षर अर्थात् ६५.१३ प्रतिशत आफूतिर दावी गरेको छ । तर, आयोगले दलको वैधानिकता दावी गर्न भन्दै प्रचण्ड–माधव र केपी शर्मा ओली समूहलाई पत्र पठाएको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.