भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

प्रचण्डलाई ओलीको दनक: प्रचण्डको प्रस्ताव निहित स्वार्थ लुकेको कृत्रिम आरोपको संगालो मात्रै

प्रचण्डलाई ओलीको दनक: प्रचण्डको प्रस्ताव निहित स्वार्थ लुकेको कृत्रिम आरोपको संगालो मात्रै

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई कडा दनक दिएका छन् । प्रचण्डले कात्तिक २८ गते प्रधानमन्त्री ओलीको झूठहरु सम्मीलित पाटी सुदृढीका लागि आफ्नो तर्फबाट प्रस्ताव ल्याएका थिए ।

त्यसपछि मध्यमार्गी नेताहरूले साझा प्रस्ताव ल्याउन पहल गरे पनि ओलीले शनिबार आफ्नो ३८ पृष्ठ लामो ५३ बुँदे प्रस्ताव पेस गरे । ओलीले दाहालको प्रस्ताव बैठकमा छलफल या परामर्श गर्न रीतसमेत नपुगेको, नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको संगालो मात्रै भएको भन्दै प्रथमदृष्टिमै खारेजयोग्य रहेको बताएका छन् ।

अग्रगामी एजेन्डाबाट बराल्ने र व्यक्तिगत आरोप÷प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुन नहुने ओलीको भनाइ छ। उनले दाहालको प्रस्ताव कुनै राजनीतिक प्रस्ताव नभई आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको अभियोगपत्र भएको र त्यसले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको ठोकुवा गरेका छन्। ओलीले पार्टीभित्र चलिरहेको बहसको चरित्र कस्तो हुने ?

स्वस्थ नीतिगत बहस हुने कि वारपारको लडाइँ हुने या एकतामा हिँड्न खोज्ने या एकता विग्रह र विघटनको बाटोमा हिँड्न खोज्ने भन्दै प्रश्न गरे । दाहालले एकतर्फी लिखतमार्फत पार्टीभित्रका असहमतिलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदलेको र यसले कम्युनिष्ट आन्दोलनलाई गम्भीर संकटमा धकेल्ने काम गरेको प्रधानमन्त्रीको भनाइ छ।

ओली र दाहाल दुई जना अध्यक्ष रहने गरी ०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । त्यसयता २९ महिनामा बैठकमा ओली र दाहालको छुट्टाछुट्टै एकल राजनीतिक दस्ताबेज त्यो पनि एकअर्कोबीच यसरी चर्को आरोप–प्रत्यारोप लगाएर प्रस्तुत भएको यो पहिलो पटक हो। एकतायता सचिवालय बैठक ७२, स्थायी कमिटी ५ र केन्द्रीय कमिटी बैठक २ पटक बसेको छ।

 


Thali Mobile Pvt.Ltd.