भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

विश्व विख्यात खेलाडी म्याराडोनाको उदयपुरमा सम्झनामा

विश्व विख्यात खेलाडी म्याराडोनाको उदयपुरमा सम्झनामा

उदयपुर । अर्जेन्टिनाका विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको सम्झनामा उदयपुरमा श्रद्धाञ्जलि कार्यक्रम तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। शनिबार सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा जिल्ला फुटबल संघ उदयपुरले श्रद्धाञ्जलि तथा मैत्रीपूर्ण फुटबल कार्यक्रम आयोजना गरेको हो। गत बुधबार हृदयघातका कारण संसारकै महान् खेलाडी म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको थियो। यसले विश्वभरिका फुटबलप्रेमीहरु स्तब्ध बनेका छन्।

१९८६ को विश्वकपमा अर्जेन्टिनालाई उत्कृष्ट एकल प्रदर्शनमा विश्वकप फुटबलको उपाधि जिताएका म्याराडोना संसारभर सर्वाधिक लोकप्रिय खेलाडीको रुपमा चिनिएका थिए। श्रद्धाञ्जलि कार्यक्रमसँगै म्याराडोनाको स्मृतिमा त्रियुगा नगरपालिका गाईघाटको भेट्रान टिम तथा कटारी नगरपालिकाको भेट्रान टिम बीचको मैत्रीपूर्ण खेल खेलाइएको थियो। थरुहट रंगशालामा भएको खेलमा गाईघाटले कटारीलाई ५–३ को गोल अन्तरले पराजित गरेको छ।

गाईघाटका लागि एन्फा प्रवक्ता समेत रहेका किरण राई तथा किरण कार्कीले २ र २ तथा कुमार राईले १ गोल गरेका थिए। कटारीका लागि कुमार तामाङ, सुवास तामाङ तथा रामबाबु अधिकारीले १ र १ गोल गरे। एन्फाका प्रवक्ता किरण राई, जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीलगायत खेलाडी तथा खेलप्रेमीको ठुलो सहभागिता थियो।

 


Thali Mobile Pvt.Ltd.