भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्व विख्यात खेलाडी म्याराडोनाको उदयपुरमा सम्झनामा

विश्व विख्यात खेलाडी म्याराडोनाको उदयपुरमा सम्झनामा

उदयपुर । अर्जेन्टिनाका विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको सम्झनामा उदयपुरमा श्रद्धाञ्जलि कार्यक्रम तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। शनिबार सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा जिल्ला फुटबल संघ उदयपुरले श्रद्धाञ्जलि तथा मैत्रीपूर्ण फुटबल कार्यक्रम आयोजना गरेको हो। गत बुधबार हृदयघातका कारण संसारकै महान् खेलाडी म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको थियो। यसले विश्वभरिका फुटबलप्रेमीहरु स्तब्ध बनेका छन्।

१९८६ को विश्वकपमा अर्जेन्टिनालाई उत्कृष्ट एकल प्रदर्शनमा विश्वकप फुटबलको उपाधि जिताएका म्याराडोना संसारभर सर्वाधिक लोकप्रिय खेलाडीको रुपमा चिनिएका थिए। श्रद्धाञ्जलि कार्यक्रमसँगै म्याराडोनाको स्मृतिमा त्रियुगा नगरपालिका गाईघाटको भेट्रान टिम तथा कटारी नगरपालिकाको भेट्रान टिम बीचको मैत्रीपूर्ण खेल खेलाइएको थियो। थरुहट रंगशालामा भएको खेलमा गाईघाटले कटारीलाई ५–३ को गोल अन्तरले पराजित गरेको छ।

गाईघाटका लागि एन्फा प्रवक्ता समेत रहेका किरण राई तथा किरण कार्कीले २ र २ तथा कुमार राईले १ गोल गरेका थिए। कटारीका लागि कुमार तामाङ, सुवास तामाङ तथा रामबाबु अधिकारीले १ र १ गोल गरे। एन्फाका प्रवक्ता किरण राई, जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीलगायत खेलाडी तथा खेलप्रेमीको ठुलो सहभागिता थियो।

 


Thali Mobile Pvt.Ltd.