भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

प्रचण्डले राजीनामा मागेपछि आफु निकटकासँग छलफलमा जुटे ओली, गम्भिर छलफल हुदै

प्रचण्डले राजीनामा मागेपछि आफु निकटकासँग छलफलमा जुटे ओली, गम्भिर छलफल हुदै

१७ असार २०७७ काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत पार्टी भित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अहिले आफु निकटकाहरुसँग आन्तरीक छलफलमा जुटेका छन् । एकाबिहानै उनले केही मन्त्री र निकटका स्थायी समिति सदस्यलाई बोलाएर छलफल गरेका छन् ।

आगामी दिनमा कसरी जाने ? कसरी अरुलाई आफुतर्फ केन्द्रीत गर्न सकिन्छ भन्ने विषयमा परामर्श गरेको एक स्थायी समिति सदस्यले बताए । मन्त्री र केही नेताहरुलाई अनौपचारिक छलफल भनेर बोलाएको भन्दै ती नेताले अनौपचारिक छलफल भएको जिकिर गरे । मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका १७ जनाले सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै दुवै पदबाट राजीनामा दिन केपी शर्रमा ओलीलाई दबाब दिएका थिए ।

पार्टी बैठकमा चर्को आलोचना खेप्नु परेको प्रधानमन्त्री ओलीले अब नयाँ रणनीतिकासाथ अन्य सदस्यसंग छलफललाई तिब्रता दिएका छन् । बैठक लगतै मुख्यसचिवलाई राष्ट्रपति कार्यालय पठाएका ओलीले आफु निकटका व्यापारीसँग छलफल गरेका थिए । राजीनामा मागेपछि अप्ठेरोमा परेका ओलीले सरकार परिवर्तनको गर्न सक्ने अड्कलवाजीको सुरुवात भएको छ ।

अब ओलीको रणनीति भनेको सेना परिचालन गरेर अघि बढ्ने वा काँग्रेससँग मिलेर सरकार बनाउने रहेको ओली निकटका एक नेताले बताए । यसैबीन नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरेको विषयलाई लिएर आज छलफल हुने छ । छलफलमा ओलीको राजीनामा प्रमुख विषय रहेको भन्दै प्रचण्ड निकटका नेताले छलफल गम्भिर हुने बताए । आज बस्ने बैठकमा स्थायी समिति सदस्यले धारणा राखेपछि गतिलै निर्णय हुने नेताको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.