प्रचण्डले संसद पुनर्स्थापना गर्छौं भन्नु स्याल हुइयाँ हो: गृहमन्त्री बादल

प्रचण्डले संसद पुनर्स्थापना गर्छौं भन्नु स्याल हुइयाँ हो: गृहमन्त्री बादल

काठमाडौं । प्रचण्डले संसद पुनस्र्थापना गछौं भन्नु ‘स्याल हुइयाँ’ मात्रै हुने केपी शर्मा ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् ।

पार्टीले दिएको आदेश अक्षरस पालना गर्ने भन्दै बादलले प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली समूहको केन्द्रीय कमिटी बैठकमा यस्तो बताएका हुन । प्रचण्ड नेपाल गुटलाई परास्त गरेरै छाड्ने भन्दै बादलले प्रतिनिधि सभा विघटन अग्रगामी र क्रान्तिकारी कदम भएको दाबी गरे ।

नयाँ क्रान्ति गर्नुपर्ने अवस्था आएकाले अब प्रचण्ड हिजोको जस्तै पाखा लागेको बताए । अहिले संसद विघटन हुनु भनेको अग्रगामी र क्रान्तिकारी कदम भएको जिकिर गरे । पश्चगामीहरुले विघटित संसद पुनर्स्थापना गर्छौं भन्नु गलत भएको बताए । अब आउने निर्वाचनबाट आफुले दुई तिहाइ ल्याउने दावी गरे ।

बादलले पार्टी नेतृत्व केपी शर्मा अेालीको आदेश कार्यकर्ताले अक्षरस पालना गर्न तयार हुनु पर्ने र अाफु पनि तयार रहेको बताए । जनताको बीचमा गएर स्थिरता ल्याउने वाचा गर्ने गर्दै बादलले प्रचण्ड–नेपाल संघीय व्यवस्था नै खारेज गर्न तर्फ लागेको ठोकुवा गरे ।

 


Thali Mobile Pvt.Ltd.