भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको गज्जबको अफर

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको गज्जबको अफर

काठमाडौं । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई (भोल्टी कल) निःशुल्क गरेको छ। एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस पनि उपलब्ध गराइने टेलिकमले जनाएको छ।

यो अफर प्रजातन्त्र दिवस परेको शनिबार एक दिनका लागिमात्रै उपलब्ध हुने टेलिकमका सह–प्रवक्ता रञ्जित लोहियाले बताए । उनले भने, ‘नेपाल टेलिकमले व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा शनिबार कम्पनीको नेटवर्कभित्र

भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ ।’ दिवसकै अवसरमा शनिबार एमपोसबाट गरिने रु २०० देखि रु ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बोनसको रुपमा निःशुल्क उपलब्ध हुने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.