भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

प्रत्येक नागरिकलाई राज्यको आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने : मेयर प्रजापति

प्रत्येक नागरिकलाई राज्यको आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने : मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रत्येक नागरिकले राज्यको आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउनु पर्ने बताएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा मंगलबार भक्तपुरको बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा आयोजित संयुक्त वार्षिक समीक्षा गोष्ठीको दोस्रो दिन ‘स्थानीय तहबाट प्रदान गरिने आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता’ विषयमा भएको प्यानल छलफलमा प्यानलिष्टको रुपमा सहभागिता जनाउँदै नगर प्रमुख प्रजापतिले उक्त कुरा बताएका हुन ।

उनले संविधानले प्रत्येक नागरिकलाई राज्यको आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा पहुँच हुने अधिकार प्रदान गरे पनि सबै जनताले निःशुल्क उपचार पाउन नसकेको तर्क गरे । भक्तपुर नगरपालिकाले कुनै पनि नगरबासीलाई २० मिनेटभित्र स्वास्थ्य सेवा दिन सक्ने गरी काम गर्दै आएको अवगत गराउँदै नागरिकहरूको स्वास्थ्यसम्बन्धी जानकारी लिन घरदैलो नर्सिङ सेवा नगरपालिकाले सञ्चालन गर्दै आएको उनले बताए ।

स्वास्थ्य बीमाको भुक्तानी समयमा नहुनु, दक्ष जनशक्ति टिकाइ राख्न गाह्रो हुनु, टेन्डर गरेको औषधी समयमा उपलब्ध नहुनु, आर्थिक अभावले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालमा सिटी स्क्यान र एमआरआई राख्न नसक्नु र ख्वप अस्पतालको लागि सरकारको तर्फबाट नियमित अनुदानको व्यवस्था नहुनुलगायत भक्तपुर नगरपालिकाका प्रमुख चुनौतीहरू रहेको उनको भनाई छ ।

नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नपाका प्रमुख अशोक ब्यान्जुले धुलिखेल अस्पतालले स्वास्थ्य बीमामार्फत गरिब जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताउँदै संविधानमा उल्लेख भएका विषय कार्यान्वयन गर्ने जिम्मा संघ र प्रदेशको मात्र नभई स्थानीय सरकारको पनि भएको बताए ।

उनले धुलिखेल नपाले स्वास्थ्यबारे डिजिटल डाटा लिई स्वस्थ सहर बनाउने अभियानमा लागेको बताए । धनकुटाको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले स्थानीय तहमा आफ्नो अनुभवहरू सुनाउँदै सहिदभूमि गा.पा. पहाडी जिल्लाको अत्यन्त विकट गाउँपालिका भएको बताउँदै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी ज्येष्ठ नागरिक, अपांगता भएका बिरामी, बालबालिका र महिलाहरूलाई लक्षित गर्दै घुम्ती स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको बताए ।

उनले विकट गाउँपालिका भएकोले दक्ष स्वास्थ्यकर्मीको अभाव रहेको जानकारी दिदै नेपाल सरकारले विकट ठाउँमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहनका कार्यक्रमहरू ल्याउनु आवश्यक रहेको तर्क गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखाका महानिर्देशक दिपेन्द्ररमण सिंहले स्वास्थ्य क्षेत्रमा विभिन्न स्थानीय तहबाट उल्लेखनीय काम भइरहेको बताउँदै संविधानप्रदत्त स्थानीय तहबाट प्रदान गरिने आधारभूत स्वास्थ्य सेवा जनताको पहुँचमा पु¥याउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.