भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

प्रदेश १ मा ११ जनामा कोरोना सङ्क्रमण

प्रदेश १ मा ११ जनामा कोरोना सङ्क्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ को तीन जिल्लामा मात्र कोरोना सङ्क्रमित देखिएका छन् । सङ्क्रमण दर पनि अत्यन्त न्यून रहेको पाइएको छ । सुनसरीमा पाँच, मोरङमा तीन, झापामा दुई र प्रदेश बाहिर एक गरी कूल ११ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३४६ को पीसीआर र १२१ जनाको एन्टिजेन परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित देखिएको हो । प्रदेशमा आजै ११ महिलासहित २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक पुरुष र एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.