प्रदेश ५ मा नाराबाजी र तोडफोड, बैठक मङ्गलबार मध्याह्न १२ बजे बस्ने गरी स्थगित (भिडाेयाेसहित)

प्रदेश ५ मा नाराबाजी र तोडफोड, बैठक मङ्गलबार मध्याह्न १२ बजे बस्ने गरी स्थगित (भिडाेयाेसहित)

बुटवल । विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले प्रदेश सरकारले ल्याएको प्रस्तावप्रति असन्तुष्ट व्यक्त गरेका छन् । सत्तारुढ सांसदहरूले नाम र राजधानीसम्बन्धी सांसदको टोली र विज्ञ टोलीका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए । नाराबाजी र होहल्लाका बीच सत्तारुढ नेकपाका र समाजवादी पार्टीका संसादहरूले छलफलमा भाग लिएका थिए ।

छलफल सकिएपछि सभामुख घर्तीले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई छलफलमा उठेका प्रश्नको जवाफ दिन समय दिएका थिए । मन्त्री केसीले बुँदागतरूपमा प्रश्नको जवाफ त दिएनन् तर उनले प्रदेशको भूगोल, जनताको सुविधा र ऐतिहासिकता हेरेर सरकारले दाङको देउखुरी उपत्यका, भालुवाङ क्षेत्रलाई राजधानी बनाउन प्रस्ताव गरेको बताए ।

सभामुखले सरकारको प्रस्तावमा संशोधन पेश गर्न १८ घण्टा समय दिएका छन् । बैठक मङ्गलबार मध्याह्न १२ बजे बस्ने गरी स्थगित गरिएको छ । कुल ८७ जना सदस्य रहेको प्रदेश सभामा सत्तारुढ दल नेकपा एक्लैसँग प्रस्ताव पारित गर्न पर्याप्त मत छ । उक्त प्रस्ताव दुई तिहाइ बहुमतले पारित हुनुपर्छ । मङ्गलबार नाम र राजधानीसम्बन्धी प्रस्ताव पारित हुनेछ ।

नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । पहिलो बैठक अवरुद्ध भएपछि सभामुख घर्तीले २ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए । करिब साढे ३ बजे सुरु भएको बैठकमा नाराबाजी र तोडफोड भएको थियो ।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रलाई तोक्ने सरकारको प्रस्तावसँगै कांग्रेससहितका दलले सडकदेखि सदनसम्म आन्दोलन चर्काइरहेका छन्। यसअघि सडकमा देखिएको आन्दोलन आइतवार भने प्रदेश सभा अर्थात् सदनमा देख्न पाइयो। सांसदहरुले चर्को विरोधमा मात्रै गरेनन्, रोस्ट्रम समेत घेरे।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/963987387440447/

प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले राजधानी दाङको भालुवाङ राख्‍न छलफलका लागि प्रस्ताव पेश गर्नुअघि नै प्रतिपक्षी सांसदहरुले हंगामा गरे। निरन्तर नाराबाजी र टेबुल ठोकिरहेका कांग्रेसका सांसदले आक्रोश बैठक हलका कुर्सीमाथि पोखे । कांग्रेस सांसदहरु वीरेन्द्र कनौडिया, वसिउद्धिन खान, रमा अर्याल, जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलगायतले आफ्नो आवाजको सुनुवाइ नभएपछि तोडफोडमा उत्रिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.