भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

प्रधानमन्त्री प्रचण्डको एमालेले माग्योको राजीनामा

प्रधानमन्त्री प्रचण्डको एमालेले माग्योको राजीनामा

काठमाण्डौ । नेकपा एमालले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको हो ।

प्रधानमन्त्रीले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले आफ्नो पार्टीलाई स्वीकार्य नहुने एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले बताए ।

नेता दाहालले प्रधानमन्त्रीले आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताए ।

बुधवार राष्ट्रियसभा बैठक शुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रीतम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन । फूहरूको माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राखेको थिए ।

 


Thali Mobile Pvt.Ltd.