भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

फेरी पनि आवश्यक परेमा आक्रमण हुन सक्ने इजरायलका प्रधानमन्त्रीको चेतावनी

फेरी पनि आवश्यक परेमा आक्रमण हुन सक्ने इजरायलका प्रधानमन्त्रीको चेतावनी

काठमाण्डौ । इजरायली सेना वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट फिर्ता हुन थालेका छन् । लगातार दुई दिन आक्रमण गरेपछि इजरायली सेनाले कब्जा गरेको जेनिन शिविरबाट सेना फिर्ता हुन थालेका हुन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादविरुद्धको लडाइँ तत्कालका लागि रोकेको र सेना फिर्ता भएको बताएका छन् । फेरी पनि आवश्यक परेमा आक्रमण हुन सक्ने चेतावनी समेत दिएका छन् ।

इजरायली सेनाले वेस्ट बैंक क्षेत्रमा रहेको प्यालेस्टिनी जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको थियो । शिविर आतंककारीको बलियो गढ भएको इजरायलको दाबी छ  । जेनिन शरणार्थी शिविरमा १४ हजार जना बस्दै आएका छन् । वेस्ट बैंक इजरायल नियन्त्रित क्षेत्र हो । इजरायलले वेस्ट बैंकमा गरेको आक्रमणको जोर्डन, इजिप्ट र कतारलगायतका देशले विरोध गरेका छन् ।

दुई सम्म जेनिन सहरमा भएको आक्रमणमा कम्तिमा १२ जना प्यालेस्टाइनी र एक जना इजरायली सेनाको ज्यान गएको छ । आक्रमणबाट सय जनाभन्दा धेरै घाइते भएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.