भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

प्रहरी प्रधान कार्यालयका चार जनामा कोरोना आशङ्का

प्रहरी प्रधान कार्यालयका चार जनामा कोरोना आशङ्का

११ साउन २०७७ काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमणको आशङ्का गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आज गरिएको कोरोना परीक्षणमा चारजनामा ज्वरोको लक्षण देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ ।

प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीका अनुसार चारजनामा ज्वरोको लक्षण देखिएको छ । ती प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कार्यरत उनीहरू चारै जना प्रहरीमा कोरोनाको लक्षण देखिएपछि सो शाखामा कार्यरत अन्य प्रहरीको पनि कन्ट्याक ट्रेसिङबाट स्वाब सङ्कलन कार्य शुरु गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.