प्रहरीले शिक्षलाई कुटे, १२ जना घाइते

प्रहरीले शिक्षलाई कुटे, १२ जना घाइते

कञ्चनपुर । शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुर भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच झडप भएको छ ।

कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको भन्दै शिक्षकहरु धर्ना बसेका थिए । ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको नवीनसिंह धामीले अरोप लगाए ।

उनले प्रहरीको झडपमा परी १२ जना घाइते भएको बताए । घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका बेला प्रहरीले लाठी चार्ज गरेको शिक्षकको आरोप छ । झडप हुँदा ढुङ्गामुढासमेत भएको छ ।

 


Thali Mobile Pvt.Ltd.