भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डनदेउपुर नगरपालिकाको संगमस्थल नगरकोट चोकमा प्राङ्गारिक तरकारी हाटबजार सञ्चालन हुने भएको छ । बजारमा विभिन्न किसिमका विषाधी प्रयोग गरिएको तरकारी विक्रिवितरण भइरहेको वेला काभ्रे एकीकृत ग्रामिण शसक्तीकरण कार्यक्रमको सहयोगमा मण्डनदेउपुर पीजिएस प्रमाणिकरण कृषक समूहले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १ देखि ४ सम्मका वडामा उत्पादित प्राङ्गारिक तरकारीको शुक्रबारदेखि नगरकोट चोकमा हाटबजार सञ्चालन गर्न लागेको हो ।
किसानहरुको उत्पादनलाई बजारीकरण गर्न हाटबजार सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ । किसानले उत्पादन गरेको प्राङ्गारिक तरकारी बजारमा लैजाने उदेश्य नगरकोटमा तरकारी हाटबजार सञ्चालन गर्न लागिएको काभ्रे एकीकृत ग्रामिण शसक्तीकरण कार्यक्रमका कार्यक्रम प्रवन्धक प्रलाद तिमिल्सिनाले जानकारी दिए ।
उनले मण्डनदेउपुर नगरपालिका वडा न १ देखि ४ सम्मका किसानले विगत १२ वर्ष देखि प्राङ्गारिक तरकारी उत्पादन गरिरहेको बताउँदै किसानहरुको उत्पादनलाई बजारिकरण गर्न हाटबजार आयोजना गर्न लागिएको बताए । त्रिकोण डेनमार्कको सहयोगमा १ देखि ४ वडासम्म विभिन्न कार्यक्रम सञ्चालन गरी किसानलाई आत्मनिर्भर बनाउन सहजीकरण गरिरहेको मिमिल्सिनाले जानकारी दिए ।
आपसी सेवा केन्द्र काभ्रेका अध्यक्ष बद्रीप्रसाद माकजुले नगरकोटमा सञ्चालन भएका होटलहरुमा अर्गानिक तरकारीको सेवा पु¥याउँन हाटबजार सञ्चालन गर्न लागिएको जानकरी दिए । उनले नगरकोटका होटल व्यवसायीहरुले स्थानीय किसानको घर–घरमा गएर तरकारी किन्ने भन्दा पनि एउटै छातामुनि अर्गानिक तरकारीको विक्रिवितरण गर्ने र किसानलाई विचौलीबाट मुक्त गर्ने आफूहरुको उदेश्य रहेको तर्क गरे ।
अध्यक्ष माकले विगत लामो समयदेखि किसानले बजार खोजिरहेको अवस्थामा त्रिकोण डेनमार्कले उक्त संयोग जुराएको बताउँदै हरेक शुक्रबार र शनिबार अर्गानिक तकारीको हाटबजार सञ्चालन गर्न सके किसान र व्यवसायी सबैलाई राम्रो हुने बताए । कार्यक्रम शुक्रबारबाट सञ्चालन हुने छ ।
भिडियो …
