भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

‘प्राङ्गारिक मिसन‘ कार्यक्रम सञ्चालन हुँदै

‘प्राङ्गारिक मिसन‘ कार्यक्रम सञ्चालन हुँदै

सुदूरपश्चिम । स्वस्थ्य बाली उत्पादनका लागि कैलालीमा ‘प्राङ्गारिक मिसन’ कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । विषादी जस्ता रसायन प्रयोग गरेर हुने बालीको उत्पादनलाई न्यूनीकरण गरी स्वस्थ्य बाली उत्पादनमा जोड दिन यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । रासायनिक मल र विषादीको प्रयोग गरेर उत्पादन हुने कृषि उपजको उपभोगले कुनै न कुनै रुपमा मानव स्वास्थ्यमा प्रतिकूल असर पुगिरहेको कृषि प्राविधिकको भनाइ छ ।

रासायनिक विषादी प्रयोग गरेर खेती गरिने क्षेत्र र रासायनिक विषादी प्रयोग नगरेर गरिने खेती क्षेत्र गरी दुई भागमा यो मिसन कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । “प्राङ्गारिक खेती प्रणालीमा जानुपर्छ भनेर यो मिसन कार्यक्रम गर्न लागिएको हो”, कार्यालय प्रमुख खगेन्द्रप्रसाद शर्माले भन्नुभयो, “यो कार्यक्रमले कृषकमा स्वास्थ्य बाली उत्पादन गर्न गराउन सचेतना फैलाउन मद्दत पुग्ने छ ।

पछिल्ला वर्षमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदा खेतबारीको माटो पनि बिग्रिन थालेको बताइन्छ । यस्तो अवस्थामा बिग्रिएको माटो सुधार्न र स्वस्थ्य खाद्य पदार्थको उत्पादनका लागि प्राङ्गारिक खेती प्रणाली अपनाउन जरुरी भइसकेको कृषि प्राविधिकको भनाइ छ । जैविक मल प्रयोग गरेर गरिने खेतीलाई प्राङ्गारिक खेती प्रणाली भनिन्छ । यो खेती प्रणाली अपनाउँदा मानिसलाई स्वस्थ्य खाद्यान्न प्राप्त हुने मात्र नभई पर्यावरणीय सामाजिक र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने गरेको बताइन्छ ।

विविध हावापानी पाइने नेपालमा यो खेतीको प्रशस्त सम्भावना छ । रासायनिक मल र विषादीलाई पूर्ण रुपमा विस्थापित गर्न भने चुनौती देखिएको बताइएको छ । प्राङ्गारिक खेती गर्दा ऊर्जाको संरक्षण हुने, समयअनुसार ऊर्जाको आवश्यकता घट्दै जाने, स्वस्थ्यकर खाद्यान्न उत्पादन हुने, वातावरण र जीवजन्तुको इकोसिस्टम ९चक्रीय प्रणाली० लाई सही बाटोमा ल्याउने लगायत फाइदा देखिन्छन् ।

विषादीको प्रयोग बढ्दै जाँदा बाजारमा स्वस्थ्य र खानयोग्य फलफूल, ताजा तरकारीलगायत खाद्य वस्तु पछिल्ला दशकमा पाउन मुश्किल भइसकेको कृषि प्राविधिकको भनाइ छ । उपभोक्ताले जानीनजानी यस्ता खाद्य पदार्थको उपभोग गर्ने गरेका छन् । पहाडी क्षेत्रका कतिपय जिल्लामा रासायनिक मलको सट्टा जैविक मल प्रयोग गरेर विभिन्न बालीको खेती भइरहेको भए पनि अन्न भण्डारका रुपमा चिनिने तराईका जिल्लामा रासायनिक मल र विषादी प्रयोग बढ्दै गएको देखिन्छ । खेती गर्दा प्रयोग गरिने रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटो, हावा, खोलानाला, वातावरणमा प्रतिकूल असर पुग्ने मात्र नभई बालीका लागि आवश्यक पर्ने मित्रुजीव पनि नष्ट हुँदै गएको बताइन्छ ।

कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशी विषादी जस्ता रसायन प्रयोग गरेर उत्पादन भएको खाद्यान्नको उपभोगले मानव जीवन नै सङ्कटमा पर्ने जोखिम बढ्दै गएको बताउनुहुन्छ । एक तथ्याङ्कका अनुसार खेतीमा विषादी प्रयोग गर्ने गरिएकै कारण वर्षेनी विश्वमा दशौँ लाख व्यक्ति प्रभावित भइरहेका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.