भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

प्राविधिक क्षमताको विस्तारमा ओप्पो ईन्‍नो डे २०२० को आयोजना,पहिलो पटक ‘थ्रींएनंएक्स’ प्रविधि विकास नीति सार्वजनिक

प्राविधिक क्षमताको विस्तारमा ओप्पो ईन्‍नो डे २०२० को आयोजना,पहिलो पटक ‘थ्रींएनंएक्स’ प्रविधि विकास नीति सार्वजनिक

काठमाडौं । ‘लिप इन्टु द फ्यूचर’ अवधारणाका साथ चीनको शन्चनमा ओप्पो ईन्‍नो डे २०२० को आयोजना गरिएको छ। पछिल्लो वर्ष इन्टरनेट अफ एक्स्पेरियन्स अवधारणाका साथमा आयोजित कार्यक्रम यस पटक ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वर्ल्ड’ र ‘भर्च्युओस इन्‍नोभेसन’ परिस्कृत अवधारणाका साथ पहिलो पटक ‘थ्रींएनंएक्स’ प्रविधि विकास नीति सार्वजनिक गर्दै आयोजना गरिएको हो। कार्यक्रम मार्फत ओप्पोले सार्वजनिकका लागि तयारी अवस्थाको ह्याण्डसेट ओप्पो एक्स २०२१, ओप्पो एआर ग्लास २०२१ र ओप्पो साइबरियल एआर एप्लिकेशन पनि पहिलो पटक प्रदर्शित गरेको छ।

ओप्पो ईन्‍नो डे २०२० मा बोल्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी छनले थ्रींएनंएक्स’ प्रविधि विकास नीति मार्फत थप उत्कृष्ट उत्पादनहरुको निर्माण गर्दै बहुगुण सम्पन्न नवप्रबर्तन पस्कने बताए। ‘ओप्पोले प्रविधिको प्रयोग मानिसहरुलाई सबल बनाउन, तिनका वरपरका सुन्दरता कैद गर्दै भविष्यप्रतिको तिनको कल्पना ब्यक्त गर्न सकुन् भन्‍ने सोचका साथ सबैले जीवनबाट उत्कृष्ट अनुभव हात पार्न सकुन् भन्नका निम्ति गर्छ। यही उद्देश्यका साथ ओप्पोको दीर्घकालीन विकासका लागि हामीले ‘थ्रींएनंएक्स’ प्रविधि विकास नीति अघि सारेका हौँ,’ उनले भने । उनले यसमा रहेका तीन अन्तरनिहित प्रविधिहरु, हार्डवेयर, सफ्टवेयर र सेवा प्रविधिको प्रतिनिधित्व गर्छ भने आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि एकीकृत स्मार्ट लाइफ उपलब्ध गराउन सघाउने बताए।

 

 


Thali Mobile Pvt.Ltd.