भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

फिल्म छायांकनका लागि साउथ अभिनेता श्रीनिवास नेपालमा

फिल्म छायांकनका लागि साउथ अभिनेता श्रीनिवास नेपालमा

भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपाली निकै सुन्दर रहेको बताएका छन्।दक्षिण भारतीय फिल्म ‘टाइसन नाइडु’ को छायांकनका लागि नेपाल आएका अभिनेता श्रीनिवासले चन्द्रागिरीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालीको माया र सत्कारको प्रशंसा गर्दै लागि धन्यवाद दिए।उनले भने, म नेपाल आउन चाहेर पनि आउन सकेको थिइनँ। कामकै सिलसिलामा यो मेरो पहिलो भ्रमण भए पनि यहाँ पाएको माया र सत्कार अद्भूत छ। यो फिल्मको कथा नेपालसँग जोडिएकाले हामीले यही आएर छायांकन गर्ने निर्णय गरेका थियौं। यो फिल्मले नेपाली कलाकारलाई दक्षिण भारतीय फिल्मसँग जोड्नेछ।

फिल्म द्वन्द्वप्रधान रहेको जानकारी दिँदै आफूलाई नेपाली खाना र परिकार मन परेको उनले जानकारी दिए। नेपालमा पोखरापछि काठमाडौँमा छायांकन गरिएको जानकारी दिँदै उनले पशुपतिनाथको दर्शन गरेर मात्र स्वदेश फर्किने बताए।मलाई यहाँको हिमाल हेर्न मन छ, सगरमाथा पुग्न मन छ तर अहिले सम्भव छैन। यहाँका खानाले समेत मलाई मोहित बनाएको छु, उनले भने।उनले सन् २०१४ मा अल्लुडु सीनुु नामक तेलुगु फिल्ममार्फत अभिनययात्रा सुरू गरेका थिए। हालसम्म उनले अभिनय गरेका १० फिल्म प्रदर्शन भइसकेका छन्। हाल टाइसन नाइडुु सहित तीन फिल्म छायांकनरत छन्। उक्त फिल्ममा नेपाल प्रहरीको भूमिकामा रहेका अभिनेता किरण श्रेष्ठले नयाँ अनुभव भइरहेको बताए।

मैले यसअगाडि पनि उत्तर भारतीय शृङ्खलामा काम गरेको थिएँ। अहिले दक्षिण भारतीय फिल्ममा काम गर्न पाउँदाको अनुभव छुट्टै छ, ठूलो बजेट भएकाले पनि उहाँहरूले भव्यता खिच्नु हुन्छ र योजनाअनुसार नै चल्नु हुन्छ। अन्य काम भने हाम्रो नेपाली फिल्मजस्तै छ, अभिनेता श्रेष्ठले भने।उनले आइसी ८१४ु नामक भारतीय वेब शृङ्खलामा काम गरेका थिए। फिल्म टाइसन नाइडुु को छायांकन विगत एक वर्षदेखि विभिन्न तालिकामा (सेड्युलमा) भारतमा भइरहेको थियो। नेपालसँग कथा जोडिएपछि फिल्मका निर्मातासँगै यहाँ दृश्यांकन हुने कलाकार नेपाल आएका छन्।उनीहरुको नेपाल बसाइ र अन्य गतिविधिबारे निर्माण पक्षले कुनै जानकारी भने दिएको छैन।रासस

 


Thali Mobile Pvt.Ltd.