काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ।नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।साबिकको मूल्यमा अब प्रतिलिटर तीन रुपैयाँले वृद्धि भएको आयल निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम भएको छ। माघ १८ गते पेट्रोलियम पदार्थमको मूल्य बढाएको निगमले यो यो हालसम्मकै उच्च मूल्यवृद्धि हो ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमै २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहेको दाबी छ।
