भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फोरेस्टसँग चेल्सी बराबरीमा रोकियो

फोरेस्टसँग चेल्सी बराबरीमा रोकियो

काठमाडौं । आइतबार राति सम्पन्न इङ्लिस प्रिमियर लिगअन्तर्गत खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

एक गोलले पछि परेको फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो । चेल्सी भने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो । चेल्सी १६ खेलबाट २५ अंक साथ आठौं स्थानमा छ भने १४ अंक जोडेको फोरेस्ट रेलिगेशन क्षेत्रमा छ ।

खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको गोलमा चेल्सीले खेलमा अग्रता बनाएको थियो । पोलमा ढोकिएको रिबाउँन्ड बललाई बक्स भित्रबाट स्टर्लिङले वान टचमै जाली चुमाएका थिए । खेलको ६३औं मिनेटमा फोरेस्ट खेलमा फर्कियो ।

बोलीको पासमा सर्जी औरियरले बराबरी गोल गरेका थिए । राति नै भएको खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ ।

जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ। पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थानमा छ।

 


Thali Mobile Pvt.Ltd.