भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

फ्रान्समा प्रदर्शनकारीहरुद्वारा पसलहरु तोडफोड, आन्दोलनले उग्ररुप लिदै

फ्रान्समा प्रदर्शनकारीहरुद्वारा पसलहरु तोडफोड, आन्दोलनले उग्ररुप लिदै

एजेन्सी । फ्रान्समा सरकारी योजना विरुद्धको आन्दोलनले उग्र रुप लिएको छ । अवकाशको उमेर बढाउने सरकारी योजनाको फ्रान्समा विरोध प्रर्दशन भइरहेको हो । राजधानी पेरिसमा मात्रै करिब डेढ लाख मानिसले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले बोर्डेक्स शहरको टाउन हलमा समेत आगजनी गरेका छन् ।

उनीहरूले सडकमा थुप्रिएको फोहोरमा जतातत्तै आगो समेत लगाएका छन् । आन्दोलनको नवौं दिन बिहीबार दशौं लाख मानिस प्रदर्शनमा उत्रिएका हुन् । प्रहरी कारबाहीमा केही प्रदर्शनकारीहरु घाइते भएको जनाइएको छ । सरकारले अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ बनाएपछि ट्रेड युनियनहरु विरोधमा उत्रिएका हुन् ।

राजधानी पेरिसबाट ५ दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ भने प्रहरीले प्रदर्शनकारीलाई रोक्न भारी मात्रामा अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीहरुले पसलहरु तोडफोड गर्दै म्याडोनल्ड लगायतका रेष्टुराँमा पनि आक्रमण गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.