भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बजेटप्रति रुष्ट दलहरुको संसदीय दलको बैठक बस्दै

बजेटप्रति रुष्ट दलहरुको संसदीय दलको बैठक बस्दै

काठमाडौं । कांग्रेस, माओवादी बाहेकका सत्ता साझेदार दलहरुले संसदबाट बजेट पास गर्न नसघाउने भन्ने विषयमा निर्णय गर्दै छन् । जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकबाट निर्णय गर्न लागेका हुन् ।

सरकारलाई समर्थन गरेको जनमत पार्टीले पनि बिहान मात्रै बजेट पारित गर्न सघाउने कि नसघाउने विषयमा निर्णय लिन लागेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने यसअघि नै बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।

आजको प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक २०८० (बजेट) पास गर्ने तयारी गरेको छ । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बुधबार बिहान साढे १० बजे संसदीय दलको बैठक बोलाइएको र सोही बैठकबाट बजेटबारे निर्णय लिने बताए । पाण्डेले यथास्थितिमा बजेट पास गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

 


Thali Mobile Pvt.Ltd.