भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बडिकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

बडिकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

डोटी । बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो । कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी भएका हुन ।

प्रतिद्वन्द्वी एमालेका चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्टले दुई हजार ४०७ मत प्राप्त गरी विजयी भइन् । उनका निकटम प्रतिद्वन्द्वी एमाले की सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गरेकी छन् ।

गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का भक्तबहादुर साउदले एक हजार ४७१ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की देवीसरा घर्तीले ८३२ मत प्राप्त गरिन् ।

वडा नं १ बाट वडाध्यक्षमा नेपाली कांग्रेसका डबलबहादुर बोहरा, वडा नं ३ बाट कांग्रेसकै रामबहादुर गुरुङ, वडा नं २ बाट नेकपा (माओवादी केन्द्र) का प्रेमबहादुर घर्तीमगर, वडा नं ४ बाट नेकपा (एमाले) का कर्णबहादुर जेठारा, वडा नं ५ बाट एमालेकै पदमसिंह बोहरा विजयी भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.