भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

बलात्कारका चार आरोपित इन्काउन्टरमा मारिए, अपराध उनीहरुले नै गरेको भन्ने के प्रमाण ?

बलात्कारका चार आरोपित इन्काउन्टरमा मारिए, अपराध उनीहरुले नै गरेको भन्ने के प्रमाण ?

दिल्ली । एक महिला डाक्टरको बलात्कार र हत्या आरोपमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले ‘इन्काउन्टर’ गरी मारेको घटनाबारे कानुन व्यवसायीले प्रश्न उठाएका छन् । दिल्ली उच्च अदालतमा अपराध मामिलाको वकिल रेबेका मेनन जोन, मानवअधिकार कार्यकर्ता कल्पना कन्नाबिरनलगायतले प्रहरी कारवाहीमाथि प्रश्न उठाएका छन् ।

कति सजिलै हामी भीडको हातबाट न्यायको उत्सव मनाइरहेका छौँ, त्यो प्रहरी जसमाथि कसैले पनि विश्वास गर्न सक्दैन, आधा रातमा चार निःसशस्त्र मानिसको हत्या गर्छ, किन ?’ भन्दै उनीहरूले कडा प्रश्न गरेका हुन् । डाक्टरको बलात्कार र हत्याका चार आरोपी घटनाको ९ दिनपछि प्रहरी इन्काउन्टरमा मारिए थिए ।

साेही घटना माथि प्रश्न गर्दै, उनीहरूले भने, ‘के दिल्ली प्रहरीले पहुँचवालामाथि पनि यस प्रकारको व्यवहार गर्न सक्छ, जो जोर बाग र महारानी बागमा बस्छन् ? उनीहरुले नै अपराध गरेका थिए भन्नेमा हामीसँग त्यस्तो के बलियो प्रमाण थियो र ? के कुनै अदालतले उनीहरुलाई देखेको थियो ?