भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ | भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी |

बलात्कारको आरोपमा खेलाडी पक्राउ

बलात्कारको आरोपमा खेलाडी पक्राउ

काठमाडौं । म्यानचेस्टर युनाइटेडका मासोन ग्रीनवुड बलात्कारको आरोपमा पक्राउ परेका छन्। सामाजिक सञ्जालमा एक महिलाले ग्रीनवुडले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै फोटो र। भिडियो पोस्ट गरेकी प्रहरीले बताएको छ ।

प्रहरीले यस विषयमा थप अनुसन्धानका लागि भन्दै ग्रीनवुडलाई पक्राउ गरेको हो । अहिले प्रहरी हिरासतमै रहेको र उनको अनुसन्धानको काम चलिरहेको प्रहरीले जनाएको छ।

यसअघि म्यानचेस्टर युनाइटेडले एक सूचना जारी गर्दै ग्रीनवुड अर्को सूचना जारी नहुँदासम्म प्रशिक्षणमा नआउने बताएका थिए । क्लबले आफूहरु कुनै पनि किसिमको हिंसाको समर्थन नगर्ने र सत्यतथ्य बाहिर नआउँदासम्म यस विषयमा थप प्रतिक्रिया दिन नसकिने बताएको छ।

ग्रीनवुडले भने आफूमाथि लागेको आरोपबारे मौन रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.