भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बाँकेमा खडेरीले धान सुक्दै

बाँकेमा खडेरीले धान सुक्दै

राँझा । बाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै गएको छ । करिब तीन सातादेखिको खडेरीले बाँकेको कृषिमा नराम्रो असर परेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए । उहाँका अनुसार असारको शुरुआतमै राम्रो वर्षात् भए पनि अहिले लामो समयदेखि पानी नपर्दा खेतमा रोपिएको धान सुक्दै गएको छ । पानी अभावमा धान रोपेको खेतमा धजा फाट्दै जाँदा किसान चिन्तित भएका छन् ।

बाँकेमा हालसम्म ८५ प्रतिशत रोपाइँ भएको छ । वर्षात् नभएका कारण १५ प्रतिशत रोपाइँ हुन बाँकी छ । खडेरीले रोपेको धान सुक्दै गएपछि खजुरा क्षेत्रका किसानले पानी माग्दै पूजासमेत गर्न थालेका खजुरा गाउँपालिका–२ निवासी किसान ताराबहादुर खत्रीले बताए । यहाँ केही दिनभित्रै पानी परेन भने ठूलो भू–भागमा लगाइएको धान सुक्ने अवस्था आएको छ । रोपेको धानले गाँज हाल्ने र बढ्ने बेलामा पानी नपरेकाले उत्पादनमा समेत असर पर्ने कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बताए ।

“यसपालि असार शुरुआतमै राम्रो पानी परेको थियो, किसानले बीउ राख्न र रोप्नसमेत पाए, त्यसपछि पानी पर्न रोकियो”, ढकालले भन्नुभयो, “अहिले खेत सुकिसकेको छ, धान सुक्दै गएको छ भने १५ प्रतिशत रोपाइँ हुनसकिरहेको छैन ।” बाँकेमा प्रतिहेक्टरमा ४.३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । बाँकेमा ३६.५ हेक्टरमा धान उत्पादन हुने गर्दछ । सिक्टा सिँचाइ आयोजनाले पश्चिम नहरमा पानी छाडेकाले कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाको केही भेगका किसानले खेतमा पानी हाल्न पाएका छन् । सिक्टा नहर पूर्णरूपमा सञ्चालन नभएका कारण अधिकांश किसान आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ ।

 


Thali Mobile Pvt.Ltd.