देबराज पाध्याय, बाजुरा । खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दै आउदै गरेको जिपले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा नगरपालिका वडा नम्मर १ कुणीका रति ल्वारका छोरा बर्ष १० का रमेश ल्वार रहेका छन ।
बालकको उपचारका लागि अछामको बयालपाटा अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सु प त ०१ ज १०२००३ नम्मरको जिपले ठक्कर दिएर दिएको प्रहरी नायव उपरिक्षक मदनजित महराले बताए।ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
