काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा गएको बाढी, पहिरो र डुवानले मानवीय र धनजन तथा बाली नालीमा पुगेको क्षतिले दुखित तुल्याएको भन्दै अनेरास्ववियु क्रान्तिकारीले सरकारको ध्यानाकर्षण गरेको छ । बाढी पहिरोमा परी ज्यान गुमाउने परिवारलाई राहत, घाइतेको नि:शुल्क उपचार र बेपत्ताको तत्काल खोजी गर्न अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विज्ञप्तीसहित ध्यानाकर्षण गराएकी हुन् ।
क्रान्तिकारीकी नव निर्वाचित अध्यक्ष पंचा सिंहले विज्ञप्ति जारी गर्दै पीडितलाई उद्दारसँगै राहत दिन माग गरेकी हुन् ।अध्यक्ष पञ्चा सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘सम्पूर्ण मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं, बाढी पहिरोका कारण मृत्यु भएका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति, घाइतेहरुको निःशुल्क उपचार र बेपत्ता भएकाहरुको तत्काल खोजी कार्यलाई तिब्रता दिई मानवीय तथा अन्य क्षतिको यथार्थ विवरण संकलन गरी तत्काल राहत प्याकेज घोषणा गर्न स्थानीय, प्रदेश र संघिय सरकारसंग जोडदार माग गर्दछौं ।
प्राकृतिक प्रकोप जस्ता संकटको घडिमा अनेरास्ववियू (क्रान्तिकारी) सदैब संकट समाधानका लागि जनतासंगै रहेको कुरा जगजाहेर छ । यस संकटको समयमा सबै निकायमा रहनु भएका नेता कार्यकर्ताहरुलाई राहत र उद्दार कार्यमा जुट्न निर्देशन दिदै विपत जोखिम क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन समेत आब्हान गर्दछौं । समस्यामा पर्नु भएका नागरिकहरुलाई सहयोग गर्न सम्पुर्ण सहयोगि दाताहरुलाई हार्दिक अपिल गर्दर्छौ ।
यस्ताे छ विज्ञप्ती…

