भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

बाढी पीडितलाई राहत दिन सुदूरपश्चिमको माग, प्रधानमन्त्री देउवा आज त्यस्तर्फ जादै

बाढी पीडितलाई राहत दिन सुदूरपश्चिमको माग, प्रधानमन्त्री देउवा आज त्यस्तर्फ जादै

काठमाडौं । लगातारको वर्षाले सुदुरपश्चिममा वितण्डा मचाउदा धेरै जनधनको क्षेती भएको छ । बाढी पिडितलाई राहत दिन र बेपत्ताको खोजी गर्न सरकारसंग नेकपा माओवादी केन्द्र सुदूरपश्चिम सम्पर्क समितिले माग गरेको छ । सुदूरपश्चिम सम्पर्क समितिले बाढी तथा पहिरो पिडितलाई यथासिघ्र राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरे लगतै प्रधानमन्त्री शेरबहादुर देउवा आज त्यहाँको स्थलगत निरिक्षण गर्न लागेका हुन ।

असोज ३१ गतेदेखिको वर्षाका कारण बाढी पहिरोको मारमा परेका धेरैनागरिक परेपछि सम्पर्क समितिका संयोजक मोहनदेव विष्टले राहत र उद्धारको माग गरेका हुन । बाढी पहिरो पिडित कृषकलाई कृषि र किसान बीमाको व्यवस्था गर्न भन्दै विज्ञप्तीसमेत सार्वजनिक गरेका छन् ।

विज्ञप्ती
‘पश्चिमी वायुको नकारात्मक चापले हाम्रो देशमा समेत अविरल वर्षा, हुरी बतासले वितण्डा मात्र नभएर तीस जनाभन्दा बढीको ज्यान समेत लियो । पाकेको अन्नबालीसमेत तहसनहस हुनेगरी बाढी पहिरोले भौतिक क्षति अतुलनीय रूपमा गरेको यो विषम परिस्थितिको घडीमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्तगर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् । साथै यो प्राकृतिक विपत्ती सँग सामना गर्न सबै जनताको साथ सहयोग समर्थन र सरकारको नीति आवश्यक हुने हुँदा सरकारको तर्फबाट कृषि र किसान बीमाको साथै राहतको उचित व्यवस्थापन गरोस् ।

पीडितलाई राहत उपलब्ध गराउन प्रत्येक जिल्लामा सर्वदलीय राहत तथा क्षतिपुर्ति मूल्यांकन समिति गठन गरी तुरुन्तै राहत तथा पीडितलाई क्षतिपुर्ति दिन सरकारसँग अनुरोध गर्दछौं । साथै, सम्पूर्ण राजनीतिक दलका भातृसंगन, समाजसेवी, सेना, प्रहरी, युवा, विद्यार्थी, सञ्चारकर्मी पत्रकार लगायत सबैले भौतिकरूपमा अहोरात्र खटिएर सहयोग गर्नुभएकोमा तपाईं सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौ ।

अबका दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छौं । विशेषगरी सुदूरपश्चिम घरभई काठमाडौं बसोबास गर्नुहुने भौतिक रूपमा सहयोग गर्न नसक्ने महानुभाव हरुले राज्यको विशेष राहत कोषमा आर्थिक सहयोग गरी सुदूरपश्चिमकाका जनताको घाउमा मलमपट्टी लगाउन हातेमालो गर्दै जे जति सकिन्छ सहयोग गरी सुदूरपश्चिमकाका बढी पिडितको दुःखमा साथदिनहुन हार्दिक अनुरोध गर्दछौं ।’

 


Thali Mobile Pvt.Ltd.