बाढीले बाली बगाएपछि किसानले भने, ‘बेकारमा खेती लगाइएछ’

बाढीले बाली बगाएपछि किसानले भने, ‘बेकारमा खेती लगाइएछ’

कैलाली । लगातार आएको बाढीले ठूलो क्षति पु¥याएको छ । टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति मात्रै पु¥याएन, जीवनभरको खेती बगाइदिएको छ । बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पु¥याएको छ ।

टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पु¥याएको छ । लगातारको वर्षापछि २३ गते आएको बाढीले पाकेको धानबाली र फुल्न थालेको धानबालीमा क्षति पु¥याएको कृषि शाखा प्रमुख मोतिसिंह विकले बताए । कृषितर्फ बाढीले पु¥याएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको उनको भनाइ छ ।

२० प्रतिशत बढी बालीमा क्षति भएको छ । डुबान भएका क्षेत्रमा पानी जमेर धानबाली गलेर नोक्सान भएको छ । टीकापुर–५ का किसान सुधा चौधरीको १० कठ्ठा जमिनमा लगाएको धानबाली सबै नोक्सान भएको छ । टीकापुर–८ का राहुल साउदको पनि धानबालीमा क्षति भएको छ ।

कर्णाली नदीको भङ्गालो बस्तीमा पसेपछि उहाँको धानबाली लगाएको खेत बालुवाले भरिएको छ । बाढीले भजनी नगरपालिकामा कृषितर्र्फ ठूलो क्षति भएको छ । भजनीमा कृषिजन्य उत्पादनमा ९० प्रतिशत क्षति भएको छ भने ७० प्रतिशत धानबालीमा क्षति भएको पालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.