भर्खरै : Sorry, your browser does not support inline SVG.
२४ घण्टामा १ हजार ९९४ चालक कारबाहीमा, ट्राफिक नियम उल्लंघन तीव्र | लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ | पश्चिम नेपालमा वर्षा जारी रहने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना | अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा | दुई सुरुङमार्ग अन्तिम चरणमा स् थप सुरुङमार्ग बजेटको उच्च प्राथमिकतामा | ५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट, उपभोक्तालाई थप आर्थिक भार पर्ने चिन्ता | रेड नोटिसमा खोजिएकी टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो | विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा |

बालबालिकामा पनि कोरोना संक्रमण उकालोतर्फ

बालबालिकामा पनि कोरोना संक्रमण उकालोतर्फ

काठमाडौं । एक सातामा कोरोना संक्रमण दर दोब्बरले बढेको देखिएको छ । दोस्रो लहरपछि बालबालिकामा पनि दैनिक कोरोना संक्रमण दर उकालोतर्फ लागेको छ । १८ वर्षमुनिका एक सय १६ बालबालिकामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत सातादेखि बालबालिकामा कोरोना संक्रमण उकालो लागेको मन्त्रालयले जनाएको छ । ‘ओमिक्रोन’ फैलिएसँगै नेपालमा संक्रमण दर बढिरहेका बेला बालबालिकामा पनि संक्रमण दोब्बरले बढिरहेको छ । सोमबार मात्रै एक सय १६ जना बालबालिका संक्रमित भएको तथ्य सार्वजनिक भएको हो ।

ओमिक्रोन फैलिएसँगै देशभर बालबालिकामा संक्रमण बढ्दै गएको भन्दै आइतबार ७५ , शनिबार ६७ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा देशभर एक हजार चार सय ४६ जनामा संक्रमण पुष्टी भएको छ ।

कोभिडको दोस्रो लहरपछि १२ वर्षमुनिका बालबालिका खोपको पहुँचमा नभएको र ओमिक्रोन बालबालिकामा बढी देखिने दरका कारण संक्रमण दिनानुदिन बढिरहेको चिकित्सकको ठम्याइ छ । मन्त्रालयका अनुसार १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख २५ हजार ४ सय आठ बालबालिकाले खोपको पहिलो मात्रा लगाएका छन् ।

संक्रमण बढेसँगै बालबालिका खोप कार्यक्रममा तीव्रता दिइएको भन्दै स्वास्थ्य मन्त्रालयले मंगलबारदेखि उपत्यकामा बालबालिकालाई फाइजर र मोडर्ना खोप दिन लागिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.