भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

बालबालिकामा प्रभाव कम

बालबालिकामा प्रभाव कम

काठमाण्डौ । सरकारले बालबालिकामा कोरोनाको तेस्रो लहरको प्रभाव कम देखिएको जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले युवाको तुलनामा बालबालिकामा कोरोनाको प्रभाव कम देखिएको जनाएको हो । शून्यदेखि १० वर्ष उमेर समूहका बालबालिका देशभरमा २४ जनामात्रै सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । रोग प्रतिरोधात्मक क्षमता पनि बालबालिकाको बढी हुने भएकाले बालबालिका कम सङ्क्रमित भएका र सङ्क्रमित भएकामध्येको अवस्था पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ । कामकाजी अभिभावकले पनि सतर्कता अपनाउने गरेका छन् । तुलनात्मक रुपमा बालबालिकाहरु बाहिर साथीभाइसँग खेल्न धेरै नजाने र घरमै बस्ने भएकाले कोरोनाको जोखिम बालबालिकामा कम भएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.